विपन्न परिवारलाई बृजेश्वर प्रसाद चौधरीद्वारा तीन बोरा खाद्यान्न सहयोग
वीरगञ्ज, असार १९ — पर्साको जगरनाथपुर गाउँपालिका–५ का एक अति विपन्न परिवारलाई छोरीको विवाहमा केही राहत पुग्ने उद्देश्यले समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सहयोग प्रदान गरेका छन्।
यसै महिनाभित्र विवाह हुन लागेकी छोरीको परिवारलाई सहयोग स्वरूप चौधरीले आफ्नै तर्फबाट दुई बोरा मसिनो चामल र एक बोरा चिउरा गरी कुल तीन बोरा खाद्यान्न सामग्री उपलब्ध गराएका हुन्।
सहयोग हस्तान्तरणका क्रममा चौधरीले आर्थिक अभावका कारण विवाह जस्ता सामाजिक कार्य सम्पन्न गर्न कठिनाइ भोगिरहेका परिवारलाई सानो सहयोगले पनि राहत पुग्ने विश्वास व्यक्त गरे। समाजमा विपन्न तथा असहाय परिवारप्रति सहयोगको भावना बढ्दै जानुपर्नेमा उनले जोड दिए।
खाद्यान्न सहयोग प्राप्त गरेपछि परिवारले सहयोगीप्रति आभार व्यक्त गर्दै यस्तो मानवीय सहयोगले विवाहको तयारीमा ठूलो राहत पुगेको प्रतिक्रिया दिएको जनाएको छ।