सुरक्षाकर्मीले जेनजी आन्दोलनमा हराएका ७१८ हतियार फिर्ता ल्याए

78

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेको ७१८ थान हतियार सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् । भदौ २३ र २४ मा हराएका र लुटिएका मध्ये ७१८ थान फिर्ता ल्याइएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

बिहीबार राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिलाई मन्त्री अर्यालले सो जानकारी गराएका हुन् । फिर्ता हुन बाँकी हतियार सुरक्षाकर्मीको नियन्त्रणमा लिन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरिएको अर्यालले बताए ।

उनले भने, ‘हतियार खोजी कार्यलाई तीव्र बनाइएको छ ।’

Leave A Reply

Your email address will not be published.