सिमरामा झडपपछि आज पनि कर्फ्यु, यातायात अवरुद्ध

55

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु लगाएको छ।प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो।

अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दाया बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९क० र ९ख० अनुसार ती स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा उल्लेख छ।

जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताहरूलाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए। जेन–जी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरूद्ध छ।सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन्।

Leave A Reply

Your email address will not be published.