पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना: ११ विद्यार्थी घाइते

28

तानसेन :दाङबाट विद्यार्थी लिएर शैक्षिक  भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको  ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं.  १३ बैकुण्ठे भिरनजिकै दुर्घटना  भएको हो ।

साधारण नमुना मावि राजपुर दाङका  विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका लागि आएका थिए ।  बस अचानक अनियन्त्रित भइ सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।

घाइतेहरूको उद्दार गरी उपचारका लागि  तानसेनस्थित युनायटेड मिसन अस्पताल ठाइएको छ । उनीहरूको  अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.