मधेसमा नयाँ सरकार : मुख्यमन्त्री यादवद्वारा शपथ, २४ मा विश्वासको मत
काठमाडौं — मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन्।
नव–मुख्यमन्त्री यादवले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। आज बसेको सत्ता साझेदार सातदलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिएका छन्।
यादवलाई मंसिर १९ गते नेपाली कांग्रेस संसदीय दलको नेताको रूपमा मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनले आजै मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको बताइएको छ।