प्याब्सन टी–१० क्रिकेट प्रतियोगितामा चार खेल सम्पन्न

52

वीरगञ्ज। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत चार वटा खेल सम्पन्न भएका छन्।

आदर्शनगरस्थित रंगशालामा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका हुन्।

पहिलो खेल (बोयज) मा साउथ जोन सेकेन्डरी स्कुलले मनकामना माध्यमिक विद्यालयलाई ७ विकेटले पराजित गरेको छ। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितिस पटेल म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेल (बोयज) मा हेबेन एकेडेमी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले हराएको हो। खेलका पृथ्वी पटेल म्यान अफ द म्याच बने।

तेस्रो खेल (गर्ल्स) मा साउथ जोन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी सेकेन्डरी स्कुललाई १२ रनले पराजित गर्‍यो। उत्कृष्ट प्रदर्शनका लागि प्रीति साहनी म्यान अफ द म्याच घोषित भइन्।

यस्तै, चौथो खेल (गर्ल्स) मा एसआर ग्यालेक्सी सेकेन्डरी स्कुलले बिकन एकेडेमी स्कुललाई ८ विकेटले पराजित गरेको छ। यस खेलकी दीक्षा गिरी म्यान अफ द म्याच बनिन्।

प्रतियोगिताबारे जानकारी दिँदै प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.