सुधिर पटेलद्वारा श्री बिन्दवासिनी माई टी–२० नक आउट क्रिकेट प्रतियोगिताको उद्घाटन

10

वीरगञ्ज, असार ६ — वीरगञ्ज महानगरपालिका–१९ मा आयोजित श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो।

श्री बिन्दवासिनी माई युवा क्लब, वीरगञ्ज–१९ को आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय खेलप्रेमी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पटेलले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले समाजमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगितामार्फत स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धनसँगै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। सहभागी टोलीहरूबीच उत्साहजनक प्रतिस्पर्धा हुने विश्वास व्यक्त गर्दै आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

खेलकुदको विकास, युवाको सशक्तीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

Leave A Reply

Your email address will not be published.