पर्सा क्षेत्र नं. १ मा बदलावको लहर, नगवामा ५० भन्दा बढी जनमत पार्टीमा प्रवेश,अबको एक मात्र विकल्प जनमत पार्टी : अध्यक्ष सरार्फ

90

पौष २७, पर्सा।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित नगवा (मध्य टोल) मा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका क्रममा ५० जना भन्दा बढी स्थानीयहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। सो अवसरमा नगवा बुथ समितिको इन्चार्जमा किरन चौरसिया, युवा दस्ता संयोजकमा निखिल चौरसिया चयन गरिएको छ भने चन्द्रावती यादवको अध्यक्षतामा बुथ स्तरीय महिला समिति गठन गरिएको जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–१ का प्रस्तावित उम्मेदवार ओमप्रकाश सरार्फले जनमत पार्टी नै मधेस र देशका लागि एकमात्र विकल्प रहेको दाबी गरे। उनले जनमत पार्टीको मुख्य एजेन्डा ‘नौलो गणतन्त्र’ रहेको उल्लेख गर्दै यही एजेन्डा युवा तथा जेन्जी आन्दोलनको मूल आधार भएको बताए। सबैले उक्त एजेन्डालाई आत्मसात गर्दै पार्टीलाई सशक्त बनाए मात्र देशमा दिगो शान्ति र समृद्धि सम्भव हुनेमा उनले जोड दिए।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू विध्यालाल प्रसाद, सीमा गुप्ता, श्यामशंकर चौरसिया, राष्ट्रिय परिषद सदस्य बृजकिशोर कलवार, शिव यादव, क्षेत्र नम्बर–१ का पर्यवेक्षक डा. मनोज कुमार, सीए देवराज, निराजन कुशवाहा, क्षेत्र नम्बर–१ का अध्यक्ष दिनानाथ प्रसाद साह, साथै विजय पास्वान, बबिता पुडासैनी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय तहमा जनमत पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधि थप सशक्त बन्दै गएको संकेत दिएको सहभागीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.