जगरनाथपुर–६ मा निःशुल्क आँखा शिविर, १६९ जना लाभान्वित

65

जगरनाथपुर गाउँपालिका–६, प्रसौनी स्थित श्री ने.प्रा.वि.को प्राङ्गणमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। जनमत पार्टीको आयोजनामा तथा माट्रिका आइ फाउण्डेशनको प्राविधिक सहयोगमा मधेस प्रदेश सभा सदस्य बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरबाट कुल १६९ जना सेवाग्राही लाभान्वित भएका छन् भने ५३ जनालाई निःशुल्क आँखा ड्रप वितरण गरिएको थियो। शिविरका क्रममा पहिचान भएका ४८ जना मोतियाबिन्दुका बिरामीलाई यही माघ ४ गते आइतवार वीरगञ्जस्थित माट्रिका आइ फाउण्डेशन अस्पतालमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया तथा उपचार सेवा प्रदान गरिने माट्रिका आइ फाउण्डेशनकी चिकित्सक डा. रिमा चौधरीले जानकारी दिनुभयो।

शिविर सफल बनाउन माट्रिका आइ फाउण्डेशनका शिविर को–अर्डिनेटर राजेश चौधरी, चिकित्सक डा. रिमा चौधरी, टेक्निसियन मनोज पटेल, सहयोगी इन्द्रजीत घामी, सुशील चौरसिया, राजेश पटेल, सीमा देवी लगायतको सक्रिय सहभागिता रहेको थियो। साथै शिविरमा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.