पर्सा–२ मा नयाँ विकल्पको खोजी, सन्तोष पटेलको अभियान विस्तार
वीरगञ्ज (पर्सा)। पर्सा निर्वाचन क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा सन्तोष पटेल ले आफ्नो अभियानलाई निरन्तरता दिएका छन्। बुधबार क्षेत्र नं. २ अन्तर्गत पर्ने रामपुरमा आयोजना गरिएको जनता दर्शन तथा स्थानीय अगुवासँगको छलफल कार्यक्रममार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, युवा तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। टोल–टोलमा पुगेर नागरिकका समस्या, अपेक्षा र सुझाव सुनेका पटेलले राष्ट्र, धर्म र समृद्धिलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “हाम्रो यात्रा केवल चुनाव जित्ने अभियान होइन, राष्ट्र निर्माणको अभियान हो। पर्सा क्षेत्र नं. २ लाई विकास, सुशासन र आत्मनिर्भर अर्थतन्त्रको दिशामा अगाडि बढाउन म प्रतिबद्ध छु।”
पटेलले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, स्थानीय रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय स्तरमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारदर्शी शासन प्रणालीलाई सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए।
छलफलका क्रममा स्थानीय अगुवाहरूले क्षेत्रका सडक, सिंचाइ, खानेपानी, बेरोजगारी तथा सीमा क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका थिए। पटेलले ती समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिएका छन्।
राजनीतिक रूपमा नेपाल जनप्रगतिशील पार्टी (नेजपा) का उम्मेदवार रहेका पटेलले आगामी निर्वाचनमा पार्टीलाई साथ, सहयोग र आशीर्वाद दिन मतदातासँग अपिल गरेका छन्।
पर्सा क्षेत्र नं. २ मा यसपटक विकास र वैकल्पिक राजनीतिक सोचको बहस तीव्र बन्दै गएको छ। रामपुरमा सम्पन्न जनता दर्शन कार्यक्रमले सन्तोष पटेलको चुनावी अभियानलाई थप उर्जा दिएको उनका समर्थकहरूको भनाइ