इलाका प्रहरी कार्यालय पोखरीयार्द्वारा भारतीय नम्बर प्लेटका २० मोटरसाइकल नियन्त्रणमा

90

पोखरिया (पर्सा), १९ फागुन — निर्वाचनको सन्दर्भमा पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सोही क्रममा भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार मिति २०८२/११/१८ गतेदेखि २०८२/११/२१ गते मध्यराति १२:०० बजेसम्म भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो। उक्त निर्णय विपरीत सञ्चालनमा रहेका २० वटा मोटरसाइकल नियन्त्रणमा लिई कार्यालयमा राखिएको जनाएको छ।

चुनावलाई लक्षित गर्दै पर्सा प्रहरी प्रशासनले जिल्लाभर कडा निगरानी तथा सवारी साधन चेकजाँचलाई तीव्र बनाएको बताइएको छ।

यस विषयमा जानकारी दिँदै  इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज प्रहरी निरीक्षक प्रदीप पौडेलले निर्णयको पूर्ण पालना गराउन विशेष अभियान सञ्चालन गरिएको र उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने बताए।

प्रहरीले सर्वसाधारणलाई प्रशासनको निर्णयको सम्मान गर्न तथा तोकिएको अवधिसम्म भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.