मदरसा र यतीमखानाका ६१२ जनालाई नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण
वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूलाई कपडा वितरण गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजको कन्फरेन्स हलमा आयोजित कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो।
कपडा कलेजका प्रबन्ध निर्देशक Shahnawaz Ansari, एकेडेमिक डाइरेक्टर Dr. Ruby Shrestha Yashmin तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर Abid Hussain Ansari ले वितरण गरेका थिए।
कार्यक्रम अन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीमखाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीमखाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीमखाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसाका विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका थिए।
कार्यक्रममा वरिष्ठ प्रशासक Vishwanath Kant, मौलाना Nurul Hoda तथा प्रशासन अधिकृत Pappu Singh लगायतको उपस्थिति रहेको थियो।
नेशनल मेडिकल कलेजले विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले यस्ता सामाजिक सेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।