विपन्न परिवारको सहारामा वृजकिशोर चौधरी,विपन्न परिवारलाई २५ केजी खाने तेल प्रदान

81

रगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मा रहेको एक अति विपन्न परिवारलाई श्राद्ध कार्यका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका नेता तथा समाजसेवी वृजकिशोर चौधरीले आफ्नो व्यक्तिगत पहलमा उक्त परिवारलाई करिब ५ हजार ५ सय रुपैयाँ बराबरको २५ केजी खाने तेल सहयोग प्रदान गरेका हुन्।

आर्थिक अभावका कारण श्राद्ध कार्य सञ्चालन गर्न कठिनाइ भोगिरहेको परिवारलाई सहयोग गर्दै चौधरीले मानवीय संवेदनालाई प्राथमिकता दिएका छन्। सहयोग ग्रहण गर्दै परिवारका सदस्यहरूले धन्यवाद व्यक्त गरेका छन्।

सो अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै “भगवानले आत्मालाई स्वर्गमा स्थान दिउन्” भन्ने कामना समेत गरिएको थियो।

समाजसेवी चौधरी विगत लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा सक्रिय रहँदै आएका छन्। विपन्न तथा असहाय समुदायलाई सहयोग गर्ने अभियानलाई उनले निरन्तरता दिँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.