मानवता नै लज्जित: श्रीमतीको खुट्टा काट्ने निर्दयी श्रीमान प्रहरी नियन्त्रणमा

77

चैत्र १५ वीरगञ्ज, आनन्द पटेल। जिल्ला प्रहरी कार्यालय पर्साले श्रीमतीमाथि अमानवीय आक्रमण गर्ने एक युवकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पर्सागढी नगरपालिका वडा नं. ३ बिस्का टोल बस्ने करिब ३० वर्षीय विश्वनाथ सहनीले घरेलु विवादका कारण आफ्नी २८ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि धारिलो हतियार (दाउ) प्रहार गरी गम्भीर घाइते बनाएका थिए। आक्रमणबाट श्रीमतीको बायाँ खुट्टा काटिएको अवस्थामा उनी रगताम्मे अवस्थामा छाडेर फरार भएका थिए।

घटनापछि प्रहरी र स्थानीयको सहयोगमा घाइतेलाई उपचारका लागि एल.एस. न्युरो एण्ड जनरल अस्पताल पठाइएको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानपछि फरार रहेका अभियुक्त विश्वनाथ सहनीलाई प्रहरीले चैत १४ गते दिउँसो करिब १:३० बजे पर्सागढी–३ बाटै पक्राउ गरेको हो। उनलाई ज्यान मार्ने उद्योग तथा कुटपिटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.