६९औँ राष्ट्रिय सहकारी दिवसमा पर्सामा रक्तदान कार्यक्रम, ९ जन महिला सहित ६१ जनाद्वारा जीवनदान
बीरगञ्ज, चैत २० — “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता एवं व्यवस्थापकहरूको क्षमता सहकारी संस्थामा एकरुपता” भन्ने मूल नाराका साथ पर्साको माईस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
को–अपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजना तथा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजित कार्यक्रममा ९ महिलासहित कुल ६१ जनाले रक्तदान गरेका छन्।
क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौतरियाको अध्यक्षता तथा बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले को–अपरेटिभ म्यानेजर्स क्लब पर्साले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले रक्तदानलाई मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण दानको रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरे। साथै, बचतकर्ताहरूको रकम व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्व वहन गर्नु सहकारीको कर्तव्य भएको उल्लेख गर्दै यसलाई आत्मसात् गर्न सबै पदाधिकारीलाई अपिल गरे।
क्लबका महासचिव प्रदीप लोहारका अनुसार रक्तदान गर्नेहरूमा रवि भूषण श्रीवास्तव, अशोक कुमार, आरती सिंह, सुमित्रा, मुस्कान कुमारी, इन्दु रञ्जितकार, दीपिका श्रेष्ठ, इस्यु श्रेष्ठ, अमिता प्रधान, राजु लामा, सोनम श्रेष्ठ, नारायण सिंह, अनिल पटेल, अशोक चौधरी, आर्यन मण्डल लगायत रहेका छन्।
कार्यक्रममा क्लबका उपाध्यक्ष रामबाबु चौधरी, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर, राजेन्द्र जैसवाल, डिके जैसवाल, नेपाल रेकर्ड सोसाइटी पर्साका अध्यक्ष ब्रिजकिशोर पटेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष हरेराम पटेल लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
- त्यस्तै, रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभ पाण्डेको नेतृत्वमा नितेश यादव, मिथिले शाह, सन्तोष पटेल, सन्नी यादव र राजेन्द्र भट्टराईको टोलीले प्राविधिक सहयोग प्रदान गरेको छ ।