अबदेखि शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द

78

काठमाडौं — सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूको सञ्चालन समय तथा बिदा प्रणालीमा नयाँ निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, मन्त्रिपरिषद् बैठकले २०८२ चैत २३ गतेबाट लागू हुने गरी शनिबार र आइतबार सरकारी कार्यालय तथा सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। यससँगै, सरकारी कार्यालयहरू अब बिहान ९ बजेबाट अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन्।

यसअघि कार्यालय समय कात्तिकदेखि माघसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदेखि ५ बजेसम्म संचालन हुने व्यवस्था थियो।

सरकारको निर्णयले पेट्रोलियम अभावका कारण सिर्जित असहजतालाई केही हदसम्म कम गर्ने र सार्वजनिक सेवामा निरन्तरता सुनिश्चित गर्ने उद्देश्य राखेको प्रवक्ता पोखरेलले बताए।

Leave A Reply

Your email address will not be published.