वीरगञ्ज तेक्वान्दो डोजाङद्वारा बेल्ट प्रमोशन, खेलाडीलाई बधाई

23

वीरगञ्ज, २३ चैत

वीरगञ्ज तेक्वान्दो डोजाङद्वारा आयोजित येलो बेल्ट प्रमोशन कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडीहरूलाई डोजाङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। साथै, वीरगञ्ज तेक्वान्दो डोजाङका प्रमुख महमद सकिलको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त अवसरमा अन्तर्राष्ट्रिय खेलाडी महमद वेश, राष्ट्रिय खेलाडी मुनिलाल यादव, मस्कट एकेडेमीका सिनियर एकाउन्टेन्ट जयनाथ महतो तथा वरिष्ठ खेलाडी सन्तोष कुमार रौनियारको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

येलो बेल्ट प्रमोशन प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आयोजकले आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.