किसानमैत्री निर्णय: उखु मूल्य ६२० रुपैयाँ, पूर्वमुख्यमन्त्री यादवद्वारा निर्णयको प्रशंसा

वीरगंज । संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। यसैगरी, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना…

बिरगंजमा अव्यवस्थित बेकरी उद्योगमाथि कारबाही, व्यवसाय नवीकरणका लागि ७ दिनको समय

मंसिर १५ वीरगन्ज बिरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले बिरगंजका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा अनुगमन गरेको छ। अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स,…

सिकटा सीमाबाट ठूलो परिमाणको कसमेटिक तस्करी खुलासा, दुई पक्राउ

सिकटा २३ मंसिर भारत–नेपाल सीमानामा तैनाथ ४७ औँ वाहिनी सशस्त्र सीमा बल (SSB) का जवानहरूले नेपालतर्फ तस्करी हुन लागेको ठूलो परिमाणको कसमेटिक सामानसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छन्। विश्वसनीय गोप्य सूचनाका आधारमा बाह्य…

जापानमा मध्यराति ठूलो भूकम्प: अधिकारीहरूको एक हप्तासम्म ‘हाई अलर्ट’ रहने सुझाव

काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७।६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ ।…

अनिल शाहको पहलमा परवानीपुरमा शैक्षिक सामग्री वितरण, ७० विद्यार्थी लाभान्वित

परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्नीङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका–१ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय…

सन लाइट T–20 अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता दोस्रो सिजन सुरु : सन लाइट स्कूलको विजयी सुरुवात

मंसिर २२, वीरगञ्ज, आनन्द पटेल नारायणी क्रिकेट रंगशालामा जारी सन लाइट टी–२० अन्तर–विद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा सन लाइट स्कूलले ओम नेसनललाई ५ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। पहिलो इनिङमा ओम नेसनलले १५…

जीवन ज्योति विद्यालयमा श्रीजंग गणका गणपति कार्कीद्वारा राष्ट्रिय इतिहासबारे विशेष प्रशिक्षण

मंसिर २२, वीरगञ्ज — आनन्द पटेल रानीघाट स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आइतबार श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगञ्जका गणपति लोकेन्द्र कार्कीले कक्षा १० का विद्यार्थीहरूलाई नेपालका पौराणिक कालदेखि आधुनिक समयसम्मको राष्ट्रिय इतिहासबारे…

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : आदर्शनगरमा जनचेतनामूलक प्रशिक्षण सम्पन्न

बिरगंज २१ मंसिर ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकाे प्रमुख अतिथि वडा प्रहरी…

मदुवाहामा दाइजो–कुरीति विरुद्ध जागरण मञ्चको आँखा शिविर, २७२ जनाले सेवा पाए

बिरगंज, २२ मंसिर । जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा आइतबार दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न…

नारायणी एफएमको २०औँ वार्षिकोत्सवमा पहिलोपटक समाचार वाचन प्रतियोगिता सम्पन्न

वीरगञ्ज । नारायणी एफएमको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित समाचार वाचन प्रतियोगिता आइतबार सम्पन्न भएको छ। वीरगञ्जबाट प्रसारित हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएमले नेपालमा पहिलोपटक आफ्नो स्थापनादिवसको अवसरमा सो प्रतियोगिता आयोजना गरेको…