अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा खुल्ला रक्तदान समपन्न् , एक महिला सहित ३२ जनाले गरे रक्तदान
जगत राई
संसारका मजदुर एक हो औं भन्ने मुल नाराका शनिबार बीरगंजको घन्टाघरमा १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा एक महिला सहित ३२ जनाले रक्तदान गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेश समितिले हरेक मे १ तरिकका दिन गदै आइरहेकोमा यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम गरि मनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेश समितिका अध्यक्ष केदार देवको अध्यक्षतामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।खुल्ला रक्तदान गर्नेहरु बलराम प्रसाद चिमरिया बेनी तिमल्सिना ,रामबाबु बैठा,मोहन तिवारी ,रुप नारायण सिंह ,गझाधार पटेल ,नेरुल नेसा,सुरज साह,रामबहादुर भट्ट ,कृष्ण बुडासैनिक लगायत ३२ जना रहेका छन् । रक्तदान कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेश समितिका सहइन्चार्ज अर्जुन चिमरिया,अौधोगीक अध्यक्ष बेनी तिमल्सिना ,लालबहादुर पटेल ,डिपि थापा ,रामेश्वर पटेल लगायतको उपस्थित रहेको थियो । १८ गते बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकामा मजदुर संग सभा आयोजना गर्ने र जनकपुरधामा हालको श्रम ऐन सामाजिक सुरक्षा मजदुर ब्यापार मैत्री श्रम क्षेत्रमा निर्माणमा भुमिका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको सहइन्चार्ज अर्जुन चिमरियाले जानकारी दिनुभएको छ।