अनुमति बिना सञ्चालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द्
निजगढ बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा अनुमति बिना सञ्चालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ । प्रदेश सरकार स्वास्थ्य सेवाको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्न चरणबद्ध रूपमा कडाइ गर्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरका अनुसार अनुगमनमा दुई अस्पताल ९निजगढ सिटी अस्पताल र जीवनदान हस्पिटल०, दुई डेन्टल क्लिनिक ९निजगढ डेन्टल क्लिनिक र नारायणी दन्त सेवा केन्द्र०, चार फार्मेसी ९मिश्रा मेडिकल सेन्टर, सम्माम फार्मेसी, मोहम्मदी मेडिसिन सेन्टर, सिद्धार्थ मेडिकल हल० र एक आँखा उपचार केन्द्र ९निजगढ आँखा उपचार केन्द्र० बन्द गरिएका छन् ।
ठाकुरका अनुसार, फार्मेसी खोल्ने अनुमति लिएर अस्पताल सञ्चालन गरिएको पाइएकोले यसपटक पहिलोपटक फार्मेसी पनि बन्द गरिएको हो । “स्वास्थ्य सेवा जनताको ज्यानसँग जोडिएको विषय हो, त्यसमा लापरवाही सह्य हुने छैन,” ठाकुरले बताए ।
हालसम्म मधेश प्रदेशभर १६९ स्वास्थ्य संस्था अनुगमन हुँदा केवल १८ वटा मात्र मापदण्डअनुकूल भेटिएका छन् । १२२ संस्थालाई बन्द गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंहले जनस्वास्थ्यमा गम्भीर चुनौती बनेका यस्ता अवैध स्वास्थ्य सेवा प्रदायकहरूमाथि प्रदेश सरकारले कडा कदम चाल्ने स्पष्ट सन्देश दिएका छन् । यस कदमलाई आम नागरिक र स्वास्थ्य अधिकारकर्मीहरूले स्वागत गरेका छन् ।