अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा महावाणिज्य दूतावास वीरगंजद्धारा ६ स्थानमा योग शिविर संचालन गर्ने तयारी

42

वीरगञ्ज– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्यदतावास बीरगंजले चितवन, हेटौंडा, रौतहट, धनुषा, बारा र पर्सा जिल्लागरी ६ स्थानमा मा भब्य रुपमा योग शिविरको आयोजना गर्न लागेको बताएको छ । आईतबार पत्रकार सम्मेलन गरे महावाणिज्यदुतावासका देवी साहयक मिनाले अहिले संयुतmराष्ट्र संघले ११ डिसेम्बर २०१४ जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन घोषण गरे अनुसार हामीले पनि नेपालमा विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा योग दिवस मनाउन लागेको बताए ।

यो अन्तर्राष्ट्रिय दिवसमा महावाणिज्यदुतावास बीरगंजले आगामी १६ जुन उधोग वाणिज्य संघको नारायणी नदि किनारमा विहान ५ः३० बजे, १७ जुन हेटौंडाको रोयल पार्टी प्यालेसमा ५ः३० बजे, १८ जुन रौतहट जिल्लाको सरस्वती उच्च माध्यमिक बिधालय पिपरा भलोहियाको दुर्गा भगवती गाउँपालिकामा ५ः३० बजे, धनुषा जिल्लामा ५ः३० बजे, बारा जिल्लाको गढीमाई मन्दिर विवाहमंडप परिसरमा ५ः३० बजे र पर्सा जिल्लाको बीरगंज स्थित शंकरआचार्य गेटमा बिहान ५ः३० बजे हुने भएकोले सबैलाई उपस्थित हुन अपिल समेत गरेका छन ।

कार्यक्रम स्थलमा उपस्थित हुने सबैलाई निशुल्क रुपमा योग गर्न ब्यवस्था मिलाइएको समेत सो पत्रकार सम्मेलनमा बताईएको छ । पत्रकार सम्मेलनमा मा महावाणिज्यदुतावासका अजय जैन, मनिष कुमार दास लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.