अफगानिस्तान भूकम्प अपडेट : मृतक ६००ं घाइते १५०० भन्दा बढी
अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको शक्तिशाली भूकम्पमा कम्तीमा मृत्यु हुनेहरुको संख्या ६०० पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु नांगरहार प्रान्तको जलालवाद सहर नजिक रहेको बताइएको छ।
तालिबान सरकारले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार, ग्रामीण क्षेत्रहरूमा व्यापक क्षति भएको कारण मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने सम्भावना छ। भूकम्पपछि सडक र आधारभूत संरचना क्षतिग्रस्त भएका कारण उद्धारकार्यमा कठिनाइ भइरहेको छ।
राति ६ म्याग्नेच्यूडको भूकम्पपछि आएको ५ म्याग्नेच्यूड भन्दा बढी तीव्रताका पराकम्पनले थप क्षति पुर्याएको छ। यसले अफगानिस्तान र पाकिस्तानको पूर्वी सीमासम्म असर पारेको थियो, काबुल ९२ सय किलोमिटर० र इस्लामावाद ९४०० किलोमिटर० समेत हल्लिएको महसुस गरिएको छ।
तालिबान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई प्रभावित क्षेत्रमा उद्धार सहायता पठाउन आह्वान गरेको छ।