असहाय, प्रहरी र पुजारीलाई मिठाई वितरण गर्दै हिन्दु स्वयंसेवक संघले मनायो दीपावली

54

 

वीरगन्ज ५ पर्सा ।

हिन्दु स्वयंसेवक संघ नेपाल वीरगन्जले शुभ दिपावलीको अवसरमा बिरगंजका सनातनहरुलाइ मिठाई वितरण गर्दै दिपावलीको शुभकामना दिदै कार्यक्रम” सम्पन्न गरेको छ।

“संगठित हिन्दु ,संघ परिवारको आयोजनामा भएको कार्यक्रममा हाम्रो सुरक्षमा खटिएका प्रहरी प्रशासन तथा कर्मचारीहरू मन्दिरका पुजारी महन्त तथा सडकमा बस्दै आएका असहाय परिवारहरूलाई सानो खुसी र पारिवारिक भावना होस् भन्ने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको हो । साथै संगठीत हिन्दु संघले शुभकामना आदान–प्रदानसँगै उपस्थित स्वयंसेवक र शुभेच्छुकहरूलाई दिपावलीमा मिठाई वितरण समेत गरिएको थियो।

संघका पदाधिकारीहरूले हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न हामी सबै एकताका साथ र सहयोगको सन्देश फैलाउन अति आवश्यकता रहेको र हाम्रो उदेश्य पनि सामाजिक धार्मिक परामपरागतलाई प्रबर्द्धन हिन्दु स्वयंसेवकहरुले बेला बखत कार्यक्रमहरू आयोजना गरिँदै आइरहेको बताएका छन्।

संघले विगत ५ वर्ष देखि यस्ता कार्यक्रमहरु सबैको साथ र सहयोगले गदै आइरहेको क्रममा यो वर्ष पनि दिपावलीमा घर जना नसकेका नारायणी अस्पतालमा बिमारीलाई कुरुवा बस्ने र सिमा क्षेत्रमा खतिएका सिमा सुरक्षा तथा अन्य परिवारहरुलाई समेत मिठाई वितरण गरिएको छ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दू स्वयंसेवक संघ बीरगञ्ज विभागद्वारा आयोजित श्री लक्ष्मी पुजाको दिन विभिन्न ठाउँहरुमा मिठाई वितरण गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रमका साथ उत्सव मनाइएको थियो ।

संघका स्वयंसेवकहरुले नेपाल हाम्रो आमा हो हामी नेपाली सबै एकै परिवारका सन्तान हौ हाम्रो संस्कार र संस्कृति हामी सबै मिलेर जगेर्ना गर्नुपर्ने संदेश प्रवाह गरौं भनेर संघको अपिल रहेको छ।

Leave A Reply

Your email address will not be published.