आइजीपी कार्की नेतृत्वमा नेपाल प्रहरीको मानव सेवा आश्रममा सहयोग

17

वीरगञ्ज, माघ १

वीरगञ्ज–२५ सिरिसिया स्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरी प्रमुख आइजीपी दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा उपलब्ध गराउनुका साथै अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँको योगदान गर्नुभएको छ।

मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ताले कार्यक्रममा उपस्थित सबैको सहभागिता र सहयोगको जानकारी दिएका छन्।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठसहित आश्रमका स्वयंसेवक ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रदुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको उपस्थिति रहेको थियो।

आइजीपी दानबहादुर कार्कीले बोल्दै मानव सेवा आश्रमको कार्य अति सराहनीय रहेको बताउँदै, नेपाल प्रहरीले आश्रममा चौबिसै घण्टा प्रहरीको उपस्थिति राख्ने र आगामी दिनमा समेत सहयोग तथा साथ सदैव रहने प्रतिवद्धता जनाउनुभएको छ।

Leave A Reply

Your email address will not be published.