आईपिएल क्रिकेटमा आज पञ्जाब र राजस्थान खेल्दै
वीरगन्ज,१ बैशाखः भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज शनिबार राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । पञ्जाबको घरेलु मैदान मुल्लान्पुरमा यी दुईबिचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । पाँच खेलमा चार खेल जितेको राजस्थान ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दुई वटा मात्र खेल जितेको पञ्जाब ४ अंकका साथ आठौँ स्थानमा छ ।
राजस्थान आईपीएल क्रिकेटको पहिलो सिजनको विजेता र सन् २०२२ को उपविजेता टोलीपनि हो । पञ्जाब सन् २०१४ को उपविजेता टोली हो । आईपीएल क्रिकेटमा शुक्रबारराति भएको खेलमा भने दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले हराएको थियो ।
लखनउ ५ खेलमा ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै ६ खेलमा ४ अंकसहित दिल्ली पुछारबाट दोस्रो स्थानमा रहेको छ । ६ खेलमा २ अंक मात्रै रहेको रोयल च्यालेन्जर्स बेंग्लोर भने पुछारमा छ ।