आजदेखि रौतहटमा उप–निर्वाचनका लागि सीमाना बन्द हुने

25

वीरगञ्ज– यहीँ मंसिर १६ गते आइतबार हुन गइरहेको उप–निर्वाचनको लागि रौतहटमा आज रातिदेखि सीमानाका बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका स्थानीय तहमा हुन गइरहेको उप–निर्वाचनको लागि भारतसँग जोडिएको सीमानाका बन्द हुने जानकारी दिएको छ ।

निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष एवम् भयरहित सम्पन्न गर्नको लागि भारतसँग सीमा जोडिएका रौतहटका लमतरी, मठिया, महुलिया, मनमोहन गेट, बन्जराहा, जयनगर र बरवा नाकाहरू आज राति १२ बजेदेखि आइतबार साझ पाँच बजेसम्मको लागि बन्द रहने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

मंसिर १६ गते आइतबार रौतहटको राजपुर नगरपालिका–६, इशनाथ नगरपालिका–७ र गढिमाइ नगरपालिका–८ मा वडाध्यक्षको लागि उप–निर्वाचन हुँदैछ ।

साथै उप–निर्वाचनको लागि भोलि मङ्सिर १५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि मदिराको बिक्री वितरणमा एवम् सेवनमा समेत जिल्ला प्रशासनले रोक लगाएको छ ।

Leave A Reply

Your email address will not be published.