आज आईपीएल क्रिकेटमा गुजरात र राजस्थान खेल्दै
काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ ।
गुजरात आठ खेलमा १२ अंकसहित दोश्रो स्थानमा छ । नौ खेलमा चार अंकसहित तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।
हिजो भएका खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले दिल्ली क्यापिटल्सलाई ६ विकेटले र मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ ।