आज वीरगञ्ज सहित मधेस प्रदेशमा मोहम्मद जयन्ती मनाउदै

143

वीरगञ्ज । आज मोहम्मद जयन्ती मोहम्मद दिवस० मनाइँदै छ । दिवसको अवसरमा देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ भने मधेस प्रदेशमा सार्वजनिक बिदा छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले जारी गरेको सूचनामा प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा यस सम्बन्धी निर्णय पारित भएको उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेस प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’

यस निर्णयसँगै मधेस प्रदेशका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मदिनलाई सम्मानपूर्वक मनाउने तयारी गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.