आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग

348

१४ जेठ, वीरगञ्ज । सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ ।

संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकमा एमाले नेताहरुले अध्यक्ष केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने धारणा राखेका हुन् ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर कांग्रेस नेताहरुको तथ्यहिन अभिव्यक्ति आएको भन्दै एमालेको आपत्ती रहेको बताउनुभयो । उहाले आधारहीन आरोपबाट कांग्रेस पछि नहटे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिनुभयो । पौडेलले शीर्ष नेताको बैठकमा संसदको गतिरोध खुलाउने र संसदीय समितिको कार्यदेशका बिषयमा छलफल भएपनि निष्कर्ष निकस्न नसककेको जानकारी दिनुभयो ।

उहाले कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप लगाउनुभयो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय छानविन समिति गठनका लागि कांग्रेसले राखेको अडान कायमै रहेको बताउनुभयो । उहाले प्रधानमन्त्रीले सहमतिको प्रयास गरेपनि सत्तारुढ दलका अन्य नेताहरु भने समस्या समाधान गर्न उन्मुख नरहेको आरोप लगाउनुभयो ।

उहाले दलहरुबीच आन्तरिक छलफल गर्ने गरि शीर्ष नेताहरुको बैठक सकिएको जानकारी दिनुभयो । परियारले लाखौलाख सहकारी बचतकर्ताको रकम फिर्तालाई पहिलो प्राथमिकता राखेको र सहकारी प्रकरणमा संलग्न रवि लामिछाने र गोर्खा मिडियामाथि छानविन हुनुपर्ने अर्को माग रहेको बताउनुभयो । कांग्रेसले राखेका बिषयलाई गलत व्याख्या गर्दा गलत सन्देश गएको उहाको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.