इजरायली आक्रमणमा २५ जनाको मृत्यु

35

सहायता सामग्री लिने क्रममा कयौँ प्यालेस्टिनीको मृत्यु भएको गाजाका अस्पतालहरूले बताएका छन् । शहरका दुई अस्पतालले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको बताएका छन् ।

अस्पतालका अनुसार, घटना इजरायली सैन्य क्षेत्र नेत्जारिम कोरिडोरमा भएको थियो । गाडीहरूको एक झुन्ड अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन ९जीएचएफ०को खाद्य वितरण स्थलमा पीठो बोकेर जाँदै थियो ।

इजरायली सेनाले गोली चलाएको हमासको नागरिक रक्षा एजेन्सीले बताएको छ । मानिसहरूलाई ट्रकले कुल्चेको पनि खबर आएको छ । संदिग्धहरू नजिक आएपछि सैनिकहरूले चेतावनी दिन गोली चलाएको इजरायली सेनाले बताएको छ ।

खान युनिसको एक अस्पतालले दक्षिणमा रफाहमा जीएचएफ स्थल नजिकै इजरायली गोलीबारीमा १४ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । रफाहबाट प्राप्त रिपोर्टहरूको अनुसन्धान गरिरहेको इजरायली सेनाले बताएको छ ।

Leave A Reply

Your email address will not be published.