ईनर्वासिरामा जसपा नेपालको चुनावी शक्ति प्रदर्शन : उम्मेदवार सन्जु साहको जितपुर सिमरामा चुनावी अभियानको दह्रो सुरुवात

54

जितपुर सिमरा ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ ईनर्वासिरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव प्रचार–प्रसार समिति कार्यालय तथा जनसम्पर्क कार्यालयको उद्घाटन एवं परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री तथा जसपाका वरिष्ठ नेता मा. जितेन्द्र सोनलज्यूले कार्यालयको उद्घाटन गर्दै लोकतन्त्र मजबुत बनाउन जनतासँग प्रत्यक्ष सम्पर्क र संगठन विस्तार अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले जसपा नेपाल जनताको हक–अधिकार, समावेशीता र विकासका मुद्दामा दृढतापूर्वक उभिएको पार्टी भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहज्यूले आगामी निर्वाचन जनताको भविष्यसँग जोडिएको निर्वाचन भएको बताउँदै विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो। उहाँले जनताको साथ र समर्थनले जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जसपा नेता घनश्याम गिरि, जगत नारायण महतो, सत्यनारायण साह, हीरालाल कुशवाहा, लोहा यादव, जगदीश साह, महेन्द्र यादव, बृजकिशोर साह, हिरालाल यादवलगायत नेताहरूले सम्बोधन गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा एकजुट भएर लाग्न आह्वान गर्नुभयो।

उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले वडा स्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने र चुनावी अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.