एमाले निकट युवा संघका गाउँपालिका अध्यक्ष पटेलले गरे पार्टी परित्याग, एमालेको बिपक्षमा उम्मेदवारी दिने घोषणा
वीरगन्ज, माघ ५
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका छिपहरमाई गाउँपालिका अध्यक्ष प्रदिप पटेलले एमाले पार्टी परित्याग गरेका छन । युवा नेता पटेलले आज समाजिक संजाल मार्फत आफु पार्टी परित्याग गरेको सर्वजनिक गरेका हुन ।
छिपहरमाई गाँउपालिकाका प्रमुख मनोज कुमार गुप्ताको सल्लाहाकार समेत रहेका युवा नेता पटेलले एमालेका नेताहरुले मात्र ब्यक्तीगत स्वार्थ पुर्तिमा ब्यस्त रहेको बताएका छन । उनले पर्सा जिल्लाका केही नेताहरुले एमालेलाई प्राईभेट लिमिटेड कम्पनी बनाएर पार्टीलाई मिसित गरेको दावी समेत गरेका हुन । उनले स्थानीय नेताहरुले युवालाई काममा मात्र खोज्ने र काम सकेपछी ठोक्कर मार्ने गरेको कारण आफु पार्टी परित्याग गरेको बताए ।
हाम्रा संमवादातासंग कुरा गर्दै युवा नेता पटेलले भने मैले दुई बर्ष निस्वार्थ भावनाले पार्टी र संगठनको काम गरेको छु, तर नेताहरुले आफनो काम निकालेर हाम्रा काम पर्ने बितिकै सम्पर्क बिहिन्न हुने कार्य गरेका हुन । उनले एमालेमा युवाहरुलाई जिन्दावाद र मुर्दावादको लागी मात्र राखिएको हो भने यस्ता पार्टी भन्दा आफु स्वतन्त्र नै बस्नु ठिक रहेको जिकिर गरे ।
युवा नेता पटेलले आउदों २०८४ को स्थानीय तहको निर्वाचनमा आफु स्वतन्त्र रहेर एमालेका बिपक्षमा आज नै आफनो उम्मेदवारी दिने घोषणा समेत गरेका हुन ।