एमाले र माओवादीबीच कुनै विवाद नरहेको बर्तौला प्रष्ट

300

जेठ २२, वीरगञ्ज । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पार्नुभएको छ ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाधेजस्तो भएकाले विश्वास र मजबुद ढंगले अघि बढ्ने धारणा राख्नुभयो ।

सरकारको गतिलाई रोक्न धुप अक्षेता बालेर बस्नेहरुको दिवासपना पुरा नहुने उहाको भनाइ छ । उहाले सत्तासमिकरणमा बजेटका बिषयमा छलफल कम भएको सत्य भएपनि एमालेले बजेटको अपनत्व लिदै पारित गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.