एमाले वीरगंज महानगरको सपथ ग्रहण बैशाख १८ गते हुने

19

नेकपा एमाले वीरगंज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदधिकारीहरुको शपथ ग्रहण कार्यक्रम बैशाख १८ गते हुने भएको छ । एमालेका सचिव एवं पुर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा शपथ ग्रहण कार्यक्रम हुने एमाले वीरगंज महानगरका ईन्चार्ज बिचारी यादवले जानकारी दिए । यादवले बिहान ११ बजे देखि क्लासिक होटलमा कार्यक्रम हुने बताए । कार्यक्रममा पोलिटव्युरो सदस्य एवं मधेश प्रदेशका ईन्र्चाज लिलानाथ श्रेष्ठ लगायतका नेताहरुको उपस्थिती रहने छ । बैशाख ९ गते सम्पन्न दोस्रो अधिवेशनमा नवराज शर्माको प्यानल बिजय भएको थियो ।

Leave A Reply

Your email address will not be published.