एलाईड युथ सोसाइटी पर्साको आयोजनामा “हाँस्छ रुन्छ र बुझ्छ “ प्रेरक सेमिनार सम्पन्न

39

एलाईड युथ सोसाइटी पर्साको आयोजनामा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई हाँस्छ रुन्छ र बुझ्छ प्रेरक सत्र सम्पन्न गरेको छ । बिरगंज महानगरपालिका स्थित बिरगंज पब्लिक कलेजको नया भवनमा सोमबार ब्ििष्भम थ्यगतज क्यअष्भतथ को आयोजनामा माईस्थान विधापीठ माध्यमिक विद्यालयका कक्षा ९ र १० का छात्रछात्राहरुलाई “हाँस्छ रुन्छ र बुझ्छ “ प्रेरक सेमिनार सम्पन्न गरेको हो । मधेश बिश्व बिधालयका उपकुलपति डा- दिपक शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिरगंज मानवसेवा आश्रमका संस्थापक अध्यक्ष मोटिभेसनल इसपीकर देवेश कुमारले प्रशिक्षण दिएका थिए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष देवेशका आफुलाई हृदय देखि नै सामुदायिक स्कुलमा निशुल्कमा प्रोग्राम गर्न इच्छा भएकोले र आज मौका पाएकोमा हृदय देखि नै आयोजक टिमलाई धन्यवाद समेत दिएका थिए। साथै अगामी दिनमा पनि कुनै सामुदायिक बिधालयमा जानू परेमा कुनै फिस नलिईकन जाने प्रतिबद्धता व्यक्त गर्नु गरेका थिए । उक्त कार्यक्रममा लगभग १८० जना माईस्थान विधापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरले भाग लिएका थिए ।

कार्यक्रमको आयोजना एलाईड यूथ सोसायटीका अध्यक्ष ओम कुमार झा , सदस्यहरु मनन्त महर, समिकक्षा चौरसिया, निभा पाल, आयुस गिरि , गौतम शर्मा,निराजन पाल,सन्नी श्रीवास्तव, अन्कित झा, श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका शिक्षिका बसन्ती क्षेत्री, शिक्षक सोनालाल,युवा अभियानता एवम् संचारकर्मी अभिलाष गुप्ता,कार्यक्रम संयोजक अर्चना यादव लगायतको उपस्थितिमा रहेको थियो ।

Leave A Reply

Your email address will not be published.