एसईईमा उत्रीर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई नेवा दय दबुद्वारा सम्मान

247
  • सावन १९, वीरगञ्ज । नेवा देय दबु जिल्ला कार्य समिति पर्साले एसइइ उर्तिर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई सम्मानित गरेको छ।

बीरगंजको अलखिया अतिथि सदनमा आज नेवार समुदाय बाट १८ जना एसईई पास भएका र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलमा मेडल प्राप्त गरेकोे सागर गुबाजुलाई सम्मान कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले एसइइ पास भएका विद्यार्थीहरुको उच्च शिक्षाको सफलताको शुभकामना तथा बधाई दिदै नेवार समुदाय एक जुट नभएकोमा दुःख ब्यक्त गर्नुभएको थियो ।

 

उहाँले भने आफ्नो जात धर्म संस्कृति जगेर्ना गर्ने जिम्मेवारी संगसंगै अहिलेका युवाहरुलाई पनि सामाजिक कार्यमा अग्रसरता गराउनुपर्ने नगर प्रमुख सिंहको भनाइ रहेको छ। उनलेे भने असभ्य भनेको केही पनि छैन तर इच्छाशक्ति आफुमा हुनुपर्ने तबमात्र अगाडि बढन सकिने नगर प्रमुख सिंहको धारणा रहेको छ।

 

एसइइ परिक्षामा उत्कृष्ट ल्याउने श्रृती श्रेष्ठ ,असल गोपाल गुरुआर्चायलाई स्वगीय आनन्द लाल जोशी तथा स्व: गंगादेवी जोशीको स्मृतिमा रु ५ हजार १००/ जनही छात्रा र छात्रलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको संजय जोशीले जानकारी दिनुभएको छ।

 

सम्मान कार्यक्रममा मधेस विश्व बिधालयका उपकुलपति डाक्टर दिपक शाक्य ,केन्द्रीय राष्ट्रिय परिषद् संजय जोशी ,ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवम् नेवा पुचका अध्यक्ष हरि बैध,नेपाल सर्वे एसोसिएसन मधेस प्रदेशका इन्चार्ज इन्जिनियर सुनिल जोशी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महानगर अध्यक्ष रोशनी श्रेष्ठ ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रीय सदस्य जगत राई,चक्रमान जोशी ,अमृता जोशी ,लगायतले शुभकामना तथा बधाई दिनुभएको थियो । स्वागत मनतब्य हरि बैधले गर्नुभएको सो कार्यक्रमको सहजिकरण सौरज प्रधानले गरेका थिए।

Leave A Reply

Your email address will not be published.