कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक हुँदै
लामो प्रतीक्षापछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) साँझ ५ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डको बैठक बसेलगत्तै नतिजा सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ। यस वर्षको नतिजा सार्वजनिक भएसँगै लाखौं विद्यार्थी र अभिभावकले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए। तर, शिक्षकहरूको आन्दोलन र त्यसबाट परीक्षा सञ्चालनमा भएको ढिलाइका कारण नतिजा प्रकाशनमा समय लाग्यो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार सबै परीक्षार्थीहरूको भविष्यको मार्ग निर्धारण गर्ने यो नतिजाका लागि अन्तिम तयारी पूरा भइसकेको छ।