कन्या माविमा लागु औषध दुर्वयसन तथा ओसारपोसार विरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न

41

१९ असार वीरगन्ज । आमा नेपाल फाउन्डेसन पर्साले वीरगन्ज ४ मा अवस्थित कन्या स्कुलमा लागुऔषध दुर्वयसन तथा ओसारपोसार विरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा आमा नेपाल फाउन्डेसन पर्साले कार्यक्रम सम्पन्न गरेको हो ।

फाउन्डेसनको अध्यक्ष प्रमिता मानन्धरको अध्यक्षता एवं वीरगन्ज महानगरका प्रथम महिला समाजसेवी एवं स्कुलका शिक्षक अन्नपुर्णा मानन्धरको प्रमुख आतिथ्यमा कार्यक्रम मिपन्न भएको हो । उक्त कार्यक्रममा बिशिस्ट अतिथी वीरगन्ज ४ का वडा सदस्य शर्मा सरभङ्ग, स्कुलका प्रधानाध्यापक अनिता साह,जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको नगवा प्रहरी चौकिका प्रमुख एवं प्रशिक्षक बरिष्ट सई अजय कुमार रामको बिशिस्ट आतिथ्यमा कार्यक्रम समपन्न भएको हो ।सो कार्यक्रममा अतिथी युवा समाजसेवी सन्तोष कुमार श्रेष्ठ तथा स्कुलका शिक्षकहरु र कक्षा ९ का ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षक प्रनानी अजय कुमार रामले लागुऔषध के हो बताउदै यसको सेवनले ब्यक्तिलाइ भ्रम एवं नसाको चपेटामा पारेर शारीरिक एवं मानसिकको साथै सामाजिक ,आर्थिक रुपले मानिसहरु क्रमिक रुपले निकै कमजोर र बहिष्कृत भएर अल्पकाल मै अत्यन्तै दुख्द मृत्यु अङालन पुग्ने भएकोले समयमै यसबाट सचेत रहन र अरुलाइ पनि सचेत गराउन आग्रह गरेका थिए । उहाले वृतचित्रको सहयोगले विभिन्न फोटो एवं सन्देश मुलक नाराहरु देखाउदै यसको कानुनी पाटो बारे पनि वृहत् रुपमा समझाउदै विद्यार्थीहरुको जिज्ञासा् प्रश्नहरुको संक्षिप्त अन्तर्क्रीया गरेर जवाफ दिदै सन्तुष्ट गरि लागू औषध सम्बन्धि सचेतना प्रशिक्षण प्रदान गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.