कर्तव्य ज्यान मुद्दामा आरोपित तीन वर्षपछि पक्राउ

35

पर्साको पोखरिया नगरपालिका– ५ सतवरिया बस्ने ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान कर्तव्य ज्यान मुद्दामा तीन वर्षपछि पक्राउ परेका छन्।

विवाहको क्रममा बेहुली पक्षले बिदाइ गर्न नमानेपछि उत्पन्न विवादले २०७९ सालमा झगडा निम्त्याएको थियो।

पोखरिया–४ स्थित विद्यालयको प्रांगणमा भएको झगडामा धर्मेन्द्र चौहानका पिता शंकरप्रसाद महतोको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारकै क्रममा शहीद गंगालाल अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेका चौहानलाई प्रहरीले यही वैशाख २२ गते नियन्त्रणमा लिएको हो ।

उनलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.