कल्याण ज्वेलर्स, रक्सौलको पहिलो वर्षगाँठ हर्षोल्लास पूर्वक सम्पन्न

36

 

रक्सौल, भदौ १– रक्सौलको लक्ष्मीपुरस्थित कल्याण ज्वेलर्स शो–रूमको उद्घाटनको पहिलो वर्षगाँठ आज आइतबार हर्षोल्लास पूर्वक मनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा रक्सौलका एसडीएम मनीष कुमार, प्रहरी उपरिक्षक मनीष आनन्द, एसएसबीका डिप्टी कमान्डेन्ट नवीन कुमार, बिहार राज्य विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. अनिल कुमार सिन्हा, रजिष्ट्रार आशीष अग्रवाल, साथै शो–रूमका सञ्चालक अरविन्द सर्राफ र सन्तोष सर्राफले संयुक्त रूपमा दीप प्रज्वलन गरी वर्षगाँठको खुशी साझा गरे।

सञ्चालक अरविन्द सर्राफले रक्सौलवासी प्रति आभार व्यक्त गर्दै भने– ूगत एक वर्षमा ग्राहकहरूले देखाएको विश्वास र स्नेहकै कारण आज कल्याण ज्वेलर्स उत्तर बिहारकै नम्बर–वन शो–रूमको रूपमा स्थापित भएको छ।ू

कार्यक्रममा शो–रूमलाई भव्य रूपमा सजाइएको थियो। आगन्तुक अतिथिहरूलाई गुलाबको फूल र मिष्ठान्नले स्वागत गरियो। कोलकाताबाट आएका कलाकारहरूले प्रस्तुत गरेका गीत–संगीतले वातावरण उत्सवी बनाए। उपस्थित महिला तथा पुरुषहरूले ज्वेलरीको संग्रह हेरेर प्रशंसा गरे र धेरैले मनपर्ने गहना खरिद पनि गरे।

यसै अवसरमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी बिमल कुमार सर्राफले भने– ूकल्याण ज्वेलर्सको शो–रूमले रक्सौललाई नयाँ पहिचान दिएको छ। अब यहाँका नागरिकहरूले शुद्ध गहना किन्न महानगर धाउनुपर्दैन।ू

कार्यक्रममा स्थानीय विधायक प्रमोद कुमार सिन्हा, शिक्षक लक्ष्मीप्रसाद, कपिलदेव पटेल, भाजपा जिल्ला अध्यक्ष अशोक पाण्डे, रजनीश प्रियदर्शी, आलोक कुमार श्रीवास्तव, म. निजामुद्दिन, राजकुमार रौनियार, दिनेश प्रसाद, पूनम सर्राफ, सरोज गिरी, ज्योति राज गुप्ता, श्रीकान्त दुबे, अनुराधा शर्मा लगायत नगरका विभिन्न प्रतिष्ठित नागरिक र मिडिया प्रतिनिधिहरू उपस्थित थिए।

साथै, बिरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम सहित संघका अन्य पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी भएका थिए। सञ्चालक अरविन्द सर्राफका पिता हरिशंकर सर्राफले सबै आगन्तुकलाई धन्यवाद दिए।

Leave A Reply

Your email address will not be published.