कैलाली भन्सार प्रमुख माथि भएको आक्रमणको बिरोधमा वीरगंज भन्सार एजेन्टका कर्मचारीले कालोपट्टी बाँधेर गरे तिन घण्टा पेनडाउन

46

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अन्नत प्रसाद तिमिल्सिना माथि भन्सार परिसर भित्र कुटपिट भएको घटना प्रति वीरगंज भन्सार एजेन्ट संघपर्साको गम्भिर ध्यानाकर्षंण भएको छ।संघले सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै घटना प्रति धोर भत्सर्ना गदै घटनाको निप्पक्ष छानविन गर्न माँग गरेको छ ।

शान्ति शुशासनको प्रत्याभूतिको ग्यारेन्टी सहित कुटपिटमा संलग्न व्यक्तिहरलाई कडा भन्दा कडाकारवाही गर्न संघका पर्साका अध्यक्ष राममान तमाङ्गद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । साथै आज बिहान १० बजे देखि दिउँसो १ बजे सम्म वीरगंज भन्सार एजेन्ट संघका पदाधिकारी र सदस्यहरु पेनडाउन गरि हातमा कालेपटी बाँधेर बिरोध प्रर्दशन गरेका थिए । वीरगंज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुखहरुलाई ज्ञापन बुझाइएको वीरगंज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तमाङ्गले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.