खर्च हैन बचत गर्ने बानि नबसाले सम्म समाज अगाडी बढन नसक्नेः नेता पटेल

1,018

वीरगन्जः खर्च हैन बचत गर्ने बानि नबसाले सम्म समाज अगाडी बढन नसक्ने अवस्था रहेको नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य शिव पटेलले बताएका छन ।
नेता पटेलले मंगलवार बिन्दवासनी माई मन्दिरको सभाहलमा आयोजना गरिको “ जनप्रतिनिधि लक्षीत बितिय साक्षरता कार्यक्रम “ लाइ सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले भने हाम्रो समाजमा पैसा बचत गर्नुको साट्टो खर्च गर्ने संस्कार दिन्हु बढदै गएकोले यस्ता परम्परालाई रोकि खर्च हैन बचत गर्ने बानि नबसाले सम्म हाम्रो समाज अगाडि नबढने बताउनु भयो ।
मंगलवार “ GLOBAL MONEY WEEK “ को अवसर मा साधना लघुबित बितिय संस्था लिमिटेडको बहुदरमाई नगरपालिका ३ नगरदाहा शाख द्धारा आयोजित कार्यक्रमलाई बोल्दैं नेता पटेलले लघुबित संस्थाले गाँउमा बिना धितो समुह तथा गोलियाको अधारमा गरेको ऋण लगानीबाट अधिक्तम सोझा साझा गरिब निमुखा जनताले राम्रो फाईदा लिएको चर्चा गर्दै ऋण सदुपयोग भन्दा दुरुपयोग गर्नेले घाटा ब्यहोर्ने परेको बताउनु भयो ।
महिला जनप्रतिनिधि सरस्वती देविको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साधना लघुबित बितिय संस्थाका सिताराम पण्डीत, बिशाल कुमार यादव, अस्थानिय बिजय कुमार, बिन्दवासनी मन्दिरका पुजारी पुरुशोतम उपाध्या लगयतले धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.