वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन भइसक्दा समेत धारा जोडने कुनै अतोपतो छैन ।
आइतबार खानेपानी संस्थान पुग्दा त्यहाँ नत कार्यालय प्रमुख नै उपस्थित भएका थिए नत पानीको पाइप जडान गर्ने र उनलेे रसिद काटेर कर्मचारी खताउने इन्द्रजित पाण्डे पनि कार्यालयमा अनुउपस्थित रहेको थियो ।खानेपानी जडान गर्न निवेदन दिन आउने उपभोक्ताहरुको कार्यालयमा यति धेरै भिड रहेको थियो । जनताहरुको करबाट तलब खाने कर्मचारी जनतालाई नै यसरी दिनरात दौडिन लगाउनु कहाँसम्मको न्याय हो ।
सरकारी सेवामा रहेका कर्मचारीहरुले जनताको काम समयमा गर्नुपर्ने भए पनि दुःख दिने गरेको एक जना उपभोक्ताले आफ्नो गुनासो पोखेका छन् । गर्मी शुरु हुन नपाउदै चापाकलहरु सुक्न थालेकोले पानीको समस्या नहोस् भनेर खानेपानी संस्थानमा निवेदन दिनेको घुइँचो लागेको छ। कर्मचारीहरु र कार्यालय प्रमुखको लापरबाहीले जनताहरु पानीको जोहो गर्न महिनौंदेखि दोडधुप गरिरहेका छन् ।
बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पानीको समस्या हुन नदिन दिनरात जनताको सेवामा लागि परेको भए पनि खानेपानी संस्थानका कर्मचारीहरुको लापरबाहीले समयमा पानी जडान हुन बाट बन्चित हुने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
खानेपानी जडानका लागि महिनौंदेखि निवेदन दिएको तर अहिलेसम्म नभएको जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव एवम् कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत जिष्णु बरालले बताएका छन् । हामीले आफ्नो कार्यालयको काम थाती राखेर आएको यहाँ त कार्यालय भित्र कर्मचारी नै कार्यालय नआएको देखे पछि यस्तो पारेले कसरी सरकारी काम हुन्छ भनेर गुनासो पोखेका छन् ।
यहाँ त म जस्ता सेवा लिन आउने सेवाग्राहीहरुको दैनिक भिड बढिरहेको छ। एउटा काम गर्न यतिको समय खर्चिने हो भने पानी बिना नै उपभोक्ताहरु मर्ने रहेछ भनेर बताएका छन् । त्यस्तै अर्को उपभोक्ता शम्भु चौधरीले पनि निवेदन दिएको एकसात भन्दा धेरै दिन भएको तर आफू संगै निवेदन दिएको ब्यक्तिले कहिले जडान गरिसकेको छ तर मेरो अहिलेसम्म कुनै अतोपोतो थाहा छैन उनलेे भने खानेपानी संस्थानलाई पानीको नाला तयारी गर्न रु ३०००/ तीन हजार माग गरेको तर त्यो रकम नदिएर आफैंले तयारी गरेको त्यहीँ कारणले उनीहरू पानी जडान गर्न नआएको बताए ।
मैले तीन हजार दिएको भए तुरुन्त आउने थियो मेरो छिमेकीले तीन हजार दिएकाले चाडैं काम भएको हुन सक्ने उनलेे आकालन गरेका छन् । आफ्नो काम आफैं गर्दा कर्मचारी नआउने यदि उनीहरूले खाल्डो खनेको छ भने तुरुन्त पानीको पाइप जडान गर्ने गरेको अर्को एक जना उपभोक्ताले बताएका छन् ।
चौधरीका अनुसार अहिले त्यो खाल्डोमा कहिले बालबालिका पर्ने कहिले मोटरसाइकल दुर्घटना हुने गरेको छ यसको जिम्मेवारी को हुन्छ कर्मचारीले आफैं खाल्डो खन्न लगाउने अहिले कार्यालय आउदा कर्मचारी नै कार्यालय उपस्थित नभएको बताएका छन् ।उनलेे भने यस्तो रबौया देखेर धेरै दुःख लागेको बताए ।