गए गएराति आएको बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति

32

रौतहट, २८ चैत ।। गएराति आएको बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति पुगेको छ । बुधबार राती देखि निरंतरता भैरहेको बर्षाले खेतमा पानी जमेर गहुँ र दलहन भिज्न थालेपछि बालीनाली सड्न सुरु भए पछि किसानहरूमा डरले चिन्त बनेका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको सयौं बिघा गहुँ, दलहन बाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्षासँगै आएको हावाहुरीले गहुँका बालाहरू लडाएको र खेतमा पानी जमेपछि अन्न कुहिन थालेको किसानहरूले बताएका छन् । साथै आहिलेको मौसममा फालिने बोट , बिरुवामा फुल लगन सुरु भएको छ तर अहिलेको हावाहुरीले फुल झरीरहेकोले आम , कथाल ,लिच्ची जस्ता फलमा पनि भारी क्षति पुगेको छ ।

बिघौ बिघामा लगाएको गहुँ बाली पानीले पूर्ण रूपमा नष्ट भएको किसनहरुले गुनासो गरेका छन् । “वर्षभरि गरेको मेहनत खेर गयो, । यस वर्ष बर्खा समयको अन्तिम समयमा आएको बढीका कारण गहुँ र दलहन बाली ढिलो लगायिएकोले भर्खरै तैयार भएको बेमौसमी वर्षाका कारण धेरै क्षति पुर्याएको किसानहरु बताएका छन् । बेमौसमी वर्षाले गहुँ बालीमा पुर्याएको क्षतिका कारण किसानहरू निराश भएका छन् । उनीहरूले सरकारसँग उचित राहत र क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

धनबालीको बखत आएको बढीले बिघौ बिघा डुबानमा परि क्षति भएको र केहि बचेको लगातारको वर्षाले धानबाली भित्र्याउन नपाएका किसानहरूलाई गहुँ बालीमा भएको क्षतिले थप समस्यामा पारेको छ । यस्तो प्राकृतिक प्रकोपबाट किसानहरूलाई जोगाउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ । यस्तो प्राकृतिक प्रकोपले किसानहरूलाई ठूलो आर्थिक मार पर्ने गरेको छ । सरकार र सम्बन्धित निकायहरूले किसानहरूलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने देखिन्छ । बाली बीमा जस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुका साथै किसानहरूलाई मौसम पूर्वानुमानको सही जानकारी समयमै पुर्याउन सके यस्ता जोखिमहरू कम गर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.