गढीमाई मेलामा पशुको बलि होइन ,फलफूल तथा प्रसाद चढाउन पशु कल्याण संघको अपिल
साउन २२,पर्सा
बलि पशुको होइन अन्धविश्वासको दिऔ भन्ने मुल नाराका साथ पन्चवर्षिय गढीमाई मेलामा बलि होइन फलफूल तथा नरिवल मिठाइँ अपर्ण गर्न अपिल गरेको छ। कलैयामा सात्विक गढीमाई अभियानको क्रममा नेपाल भारतका मिडियाको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम स्थानीय होटल दरबारमा सम्पन्न भएको थियो ।
पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेह श्रेष्ठले आफ्नो प्रतिवेदन प्रस्तुति गर्ने क्रममा पशुको बलि दिने ठाउँमा अन्य नरिवल फलफूल मिठाइँ चुनरी लगायत प्रसाद चढाउन भक्तजनहरुलाई अपिल गरेकी थिइन् । उनले सो प्रतिवेदन प्रस्तुति गदै पशु पनि एउटा मानव जस्तै नबोल्ने प्राणी हो उसलाई पनि चोटपटक लाग्ने तथा दुख्ने उ केवल बोल्न मात्र सक्दैन त्यसैले हामीले संरक्षण गर्नु पर्छ भन्ने उदेश्यले लागि परेको बताइन् ।
अहिले नेपालमा पशुपन्छी ऐनको नियवली बनाउन संघ लागि परेको बताए । हामीले आफ्नो स्वार्थ पुर्तिका लागि पशुवली दिने गरेकोले यसलाई रोक्न देश विदेशमा गएर प्रयास गरिरहेको बताइन् ।कार्यक्रममा महागढीमाइ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत बिजय कुशवाहाले पशुबली होइन सात्विक पुजापाठलाई मायन्ता दिनका निम्ति पशु कल्याण संघ नेपाल निरन्तर रुपमा जनचेतनामूलक कार्यक्रम मार्फत लागि रहन सुझाव दिनु भएको थियो । उनले भने विश्व प्रसिद्ध शक्तिपीठ गढीमाई प्रति जसरी आस्था विश्वास राखी भक्तजनहरुले भाकाल गर्ने भएकोले सातिवक पदतिलाई मान्नेता दिन सक्नु पर्ने सुझाव दिनु भएको हो ।
जसरी अहिले पशु कल्याण संघले पंन्चवर्षिय मेलामा भाकाल स्वरुप ल्याउने रागा बोका परेवा आदिको सट्टा नगद राखी दान गरि पुण्य कमाउन सकिने सकारात्मक सन्देश फैलाउन सक्नु मिडियाहरुको अहम भुमिका खेल्न जरुरी रहेको निमित्त अधिकृत कुशवाहाले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा,नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता,पुर्व राज्य मन्त्री कलावती पासवान ,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रामचन्द्र साह तेली,जन भन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,तथा भारतका पत्रकार र अन्य पत्रकारहरुले आ,आफ्नो सुझाव राखेका थिए । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ बाराका जिल्ला कार्यसमिति सदस्य नरेश गुप्ताले गरेका थिए ।