गणतन्त्र दिवसको अवसरमा जीवन ज्योती माध्यमिक विधालयमा ब्याच वितरण कार्यक्रम समपन्न
१५ जेठ वीरगंज, आनन्द पटेल
१७ औ गणतन्त्र दिवसको अवसरमा जीवन ज्योती माध्यमिक विधालयले बिहिवार ब्याच वितरण कार्यक्रम समपन्न गरेको छ । विधालयमा अंग्रेजी बोल्न, अनुशासन, र पठन पाठनका विषयमा सफलता प्राप्त गरेका तथा शिक्षण क्षेत्रमा सुधार गरेका विधार्थीहरुलाई सो ब्याच वितरण गरिएको हो । यसका साथै विधालयमा अध्ययनरत विभिन्न हाउसका कप्तान र उपकप्तान, खेलकुद कप्तान, स्काउट कप्तान आदिलाई सम्मान स्वरुप ब्याच बितरण गरिएको हो ।
ब्याच बितरण कार्यक्रमका प्रमुख अतिथी वीरगंज स्थित भारतीय दुतावासका महावाणिजय दुत डिएस मीनारले बिधार्थीहरुलाई ब्याच वितरण गर्दै सबैलाई शुभकामना दिए । साथै प्रमुख अतिथी मीनारले बिधार्थीहरु भोलीको भविष्य भएको हुनाले यस्ता कार्यक्रमले उनीहरुमा हौसला प्रदान हुने विश्वास ब्यतm गरे । साथै उनले जीवन ज्योती माध्यमिक विधालयले यस्ता कार्यक्रको आयोजना गरेर सराहनीय कार्य गरेकोमा धन्यबाद दिए । उनले यस विधालयका विधार्थीहरु अनुशासित र मिहिनेती रहेको बताए ।
कार्यक्रममा प्याब्सन मधेश प्रदेश उपाध्यक्ष पुरण प्रधानले जीवनज्योती विधालयले फरक किसिमबाट विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको र आजको यस कार्यक्रले विधार्थीहरुमा नयाँ उर्जा मिलेको बताए । उनले यस्ता कार्यक्रमले विधार्थीहरुको जीवनमा समेत परिवर्तन ल्याउने बताए । सो अवसरमा जिल्ला ट्राफिक कार्यालय पर्सामा कार्यरत वरिष्ठ सई गुर्णनिधी खकुरेल, सनलाईट स्कुलका सञ्चालक आलोक चौरसिया, गरिमा विकास बैंक पर्सा शाखाका प्रबन्ध र्निदेशक राजिद कमार भाmा सञ्चारकर्मी आनन्द पटेल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम विधालयका प्रबन्ध र्निदेशक शिवजी गुप्ताको अध्यक्षतामा समपन्न भएको थियो । साथै र्निदेशक गुप्ताले प्रत्येक वर्ष विधार्थीहरुलाई ब्याच वितरण गर्दै आएको बताए । उनले कार्यक्रमलाई सफल बनाई दिनुभएकोमा सबैलाई धन्यबाद दिए ।कार्यक्रममा विधालयका शिक्षक, शिक्षिका, कक्षा १ देखी कक्षा १० सम्मका बिधार्थीहरुको सहभागिता रहेको थियो भने कार्यत्रमको सञ्चालन विधालयका शिक्षक उज्जवल घिमिरेले गरेका थिए ।