गौतम मा.वी को ४७ औ वार्षिकोत्सब समपन्न
१२ फाल्गुन, वीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको गौतम माध्यमिक बिधालयको ४७ अौ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न भएको छ । बिधालयको प्रारङ्गमा आयोजित सो स्कुलको वार्षिकोत्सब समारोहको उदघाटन बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको थियो । नगर प्रमुख सिंहले गौतम माध्यमिक बिधालय जस्तो लोकप्रियता कमाएको स्कुलले आगामी दिनहरुमा समेत यो भन्दा धेरै सफलता हासिल गर्न सकुन् भनेर बधाई तथा शुभकामना दिनु भएको छ।
उहाँले बीरगंजमा शिक्षाको हब्बा बनाउने योजना रहेकोले अभिभावकहरुको साथ प्याब्सन एन प्याब्सन र हिसन तथा शिक्षक वर्गहरुले साथ दिन अपिल गर्नु भएको हो । बिधालयले आफ्नो वार्षिकोत्सब समारोहमा आफ्नो वर्ष भरिको गतिविधि गर्ने भएकोले आफ्न बालबालिकाहरूलाई बिधालयले सम्मानित गरेको छ। गौतम स्कुलले शिक्षा संगै अन्य गतिविधिमा कति को प्रगति गरेको छ भन्ने बारेमा स्वयंम अभिभावकहरु उपस्थित भएर देख्न पाउने अवसर यहीँ वार्षिकोत्सबमा समारोह मार्फत जानकारी लिने र अभिभावकहरु संन्तुति बताए ।
छोटो समयमा धेरै प्रगति गरेकोमा बिधालयलाई शुभकामना दिनुका साथै विद्यार्थीहरुको संगीतीक कार्यक्रम तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गर्नुका साथै विभिन्न बिधाका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो । गौतम माध्यमिक बिधालयका डाइरेक्टर उर्मिला लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । बिधालय वार्षिकोत्सब समारोहमा डाइरेक्टर निमा लामा ,डाइरेक्टर सोनम लामा ,एनआइ कलेज प्रिन्सिपल मनिष सिंह , प्याब्सन जिल्ला उपाध्यक्ष शिवजी गुप्ता ,,प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य जगत राई,मधेस प्रदेशका इन्चार्ज निरज पिठाकोटेमगर,,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइ ,वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरि,अरबिन्द आमात्य,डाक्टर आरपि खेतान,डाक्टर उदयनारायण सिंह ,डाक्टर अशोक दास,निभा दास,अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
कार्यक्रमा स्वागत मनतब्य बिधालयका प्रिन्सिपल परिक्षा प्रिया लामाले गरेकी थिइन् । बिधालयले वर्षभरि खेलकुद ,चित्रकला ,हाजिरी जवाफ ,नृत्य ,लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडलले सम्मानित गरिएको थियो ।