ग्रामीण वडा उपेक्षित बनाइयो : टेढा–रामवनमा ओमप्रकाश सरार्फको आरोप, विकासका लागि विशेष प्याकेजको घोषणा

74

वीरगञ्ज (पर्सा), माघ २६ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ का टेढा र रामवन क्षेत्रमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

भेटघाटका क्रममा उम्मेदवार सरार्फले वीरगञ्जका ग्रामीण वडाहरू विकासका आधारभूत पूर्वाधारबाट समेत वञ्चित रहेको भन्दै विगतका जनप्रतिनिधिले गाउँलाई ठगेको आरोप लगाए। उनले ग्रामीण क्षेत्रका जनताले लामो समयदेखि सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरे।

उम्मेदवार सरार्फले आफू निर्वाचित भएमा टेढा, रामवनलगायत ग्रामीण वडाहरूको विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याउने स्पष्ट प्रतिबद्धता जनाए। उनले ग्रामीण र शहरी क्षेत्रबीच रहेको विकासको खाडल अन्त्य गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए।

कार्यक्रममा सरार्फले देश र मधेसको निकासका लागि स्पष्ट र उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै आगामी निर्वाचनमा जनमत पार्टीको चुनाव चिन्ह ‘हरन छाप’ मा मतदान गर्न सबै मतदातासँग अपिल गरे।

कार्यक्रममा डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साह लगायत जनमत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.