छपकैयाबाट कमल छापको सन्देश : विकास, स्वाभिमान र सुरक्षा पहिलो प्राथमिकता

57

वीरगञ्ज। पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३ मालपोत छपकैयामा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। “एक भोट राष्ट्रका लागि”, “हर हर कमल–घर घर कमल” जस्ता नारासहित आयोजित कार्यक्रममा कमल छापका उम्मेदवार सन्तोष पटेलले मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा पार्टीले राष्ट्रिय एकता, सुशासन, भ्रष्टाचारमुक्त समाज, शिक्षा–स्वास्थ्य सुधार, आर्थिक विकास र सुरक्षालाई प्राथमिक एजेन्डा बनाएको जनाएको छ। साथै धार्मिक पर्यटन प्रवर्द्धन, रामायण सर्किट निर्माण, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण, युवालाई रोजगारी, किसानलाई उच्च प्राथमिकता र खेल क्षेत्रको प्रोत्साहनजस्ता योजनाहरू अघि सारिएको छ।

उम्मेदवार पटेलले दीर्घकालदेखि हिन्दू राष्ट्र र स्वाभिमानको मुद्दा उठाउँदै आएको उल्लेख गर्दै क्षेत्रको समृद्धि र रोजगारी सिर्जनामा आफू प्रतिबद्ध रहेको बताएका छन्। कार्यक्रममा युवा, महिला, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा उपस्थित समर्थकहरूले कमल छापमा मतदान गरी सन्तोष पटेललाई विजयी गराउन आह्वान गरेका छन्।

Leave A Reply

Your email address will not be published.