जगन्थान देवल कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ
ताप्लेजुङ, २७ मंसिर, आनन्द पटेल
केन्द्रीय कारागार जगन्थान देवल, सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको कैदी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्थान देवल, सुन्धाराबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी शंकर लिम्बू पक्राउ परेका हुन्। सम्बन्धित अदालतको फैसलाअनुसार उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो।
फरार कैदी लिम्बू मिक्वाखोला गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–८ बस्दै आएका व्यक्तिमाथि जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका थिए।
खोजतलासको क्रममा मिति २०८२ मंसिर २६ गते ताप्लेजुङ फुङलिङ नगरपालिका–५ स्थित बिरेन्द्र चोकबाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका फरार कैदीलाई आवश्यक कानुनी कारबाहीका लागि आजै कारागार कार्यालय ताप्लेजुङ पठाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए।